२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

चलचित्र ‘जनै हाराएको मान्छे’को प्रिमियर सम्पन्न भावुक बने कलाकार

बिहिवार , भाद्र ५, २०८२

  • 217
    Shares
  • 217
    Shares
  • काठमाडौं, ५ भदौ । भाद्र ६ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘जनै हाराएको मान्छे’को प्रिमियर शो सम्पन्न भएको छ ।

    बुधवार साँझ काठमाडौंस्थित एक सिनेमाघरमा चलचित्रको प्रमियर शो गरिएको हो । प्रिमियर शोपछि सिनेपत्रकारहरुसँग कुराकानी गर्दै अभिनेत्री केकी अधिकारीले चलचित्रले पारिवारिक विषय वस्तु झल्काउने बताउनु भयो । चलचित्रमा अभिनय गरेका दिनहरुलाई सम्झिँदै उहाँले हिंसामा परेका नेपाली चेलीहरुको कथा चलचित्रमा समेटिएको उल्लेख गर्नुभयो ।

    सिनेमा हेरिसकेपछि सिनेपत्रकारसँग कुरा गर्दै गायिका अञ्जु पन्तले चलचित्रले नेपाली समाजको कथा बोकेको र चलचित्र हेरिरहँदा आफ्नो आँखा रसाएको बताउनु भयो । अभिनेता विजय बरालले चलचित्रको पात्र सीताराम झैँ हरेक मानिसहरुले आफूलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । 

    विजय बराल, केकी अधिकारी र मिरुना मगरको मुख्य भुमिका रहेको चलचित्रमा कविता आले, भोलाराज सापकोटा, तारा शर्मा,भावना मगर, सुमन थापा, गौरव पहाडी लगायतका कलाकारको समेत अभिनय रहेको छ । पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।

    कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि बिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त शिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

    चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।