२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

लायन्स मणिग्रामद्वारा स्वास्थ्य सामग्री प्रदान

बिहिवार , श्रावण २९, २०७७

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • बुटवल, २९ साउन ।
    सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ मणिग्रामले बिहीबार तिलोत्तमा नगरपालिकाको बिभिन्न स्थानमा स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लबले कोरोना  भाइरसको महामारीको बेला माक्स, सेनिटाइजर, पञ्जा लगायतका स्वास्थ्यसम्बन्धि विभिन्न सामग्री प्रदान गरिएको हो ।

    कोभिड–१९ को संक्रमणबाट बच्ने उपाय स्वरुप पूर्व सावधानीका लागि सामग्रीहरु तिलोत्तमा नगरपालिकाको मणिग्राम चोक नयाँमिलको आसपासको क्षेत्रमा वितरण गरिएको क्लबले जनाएको छ ।

    सडकमा हिड्ने पैदलयात्री, साइकल यात्री, मोटरसाइकल यात्री कार यात्रीहरु लगायत बिना माक्स हिड्ने सबैलाई जोखिमबाट बचाउन सकियोस् भन्ने उद्देश्यले स्वास्थ्य समाग्री वितरण गरिएको लायन्स मणिग्रामका अध्यक्ष एम.जे.एम सुरज कुमार लम्सालले बताए ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चेतनारायण भण्डारीले लायन्स मणिग्रामले कोरोना भाइरसको बेला माक्स नै उत्तम विकल्प रहेकोले माक्स बिना कोही पनि घरबाहिर नजान र भिडभाड नगर्न समेत आग्रह गरे ।
    माक्स वितरण कार्यक्रम बिहीबारदेखि १ हप्तासम्म निरन्तर चल्ने कार्यक्रम संयोजक थम बहादुर रसायलीले बताए ।
    कार्यक्रममा बोल्दै एक्सपर्ट फाउण्डेशनका अध्यक्ष रोशन कंडेलले पूर्व सावधानीले र सानो सजगताले नै ठुलो जोखिम न्युनीकरण गर्ने भन्दै पूर्व सावधानीका उपायहरुलाई निरन्तर प्रयोग गर्दै जानुपर्ने धारणा राखेका थिए ।