२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

रमजान पर्व आजदेखि सुरु

बुधवार , बैशाख १, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • गुलाम अली
    कपिलवस्तु, १ वैशाख ।
    इस्लाम धमवालम्बीहरुको महान पर्व एक रमजान बुधबारबाट सुरु भएको छ । रमजान मुस्लिमहरुको शुभ लाभको महिना हो । एक महिनासम्म मनाइने यो पर्वमा सात वर्षदेखि सबै मुस्लिमहरु अनिवार्य रोजा (उपवास ) बस्नुपनै हुन्छ । 

    रमजानको महिनामा मुस्लिम धर्मवालम्बीहरु दिनभरी भोकै उपवास बस्ने गर्छन् । इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य नउदाउँदै बिहानै खाने  (सेहरी )र सुर्य अस्ताएपछि सांझ (इफतर) खाने प्रचलन रहेको मुस्लिम धर्मगुरु बताउँछन् 

    रमजानको महिनामा मुस्लिमहरुको पवित्र गान्थ कुरानलाई यो दुनियामा ल्याएको केन्दीय राष्ट्रिय धर्म गुरु (मौलानाको) अध्यक्ष (मौलाना) नुर मौहम्मद खलीदले बताए । इस्लाम धर्मवालम्बीहरुको लागि यो विशेष महिना हो ।  यो महिनामा इस्लाम धर्मवालम्बीहरु नमाज पढने र पवित्र ग्रन्थ कुरान पढने चलन रहेको मौलाना खालीदले बताए । इस्लामको पाँच पिलरमध्ये रोजा पनि एक पिलर हो । यो महिनाको अन्तिममा मस्लिम समुदायले आफनो आम्दानीको साढे २ प्रतिशत गरीबलाई दान दिने चलन रहेको छ ।