
बुधवार , बैशाख १, २०७८
बुटवल, १ वैशाख ।
सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुुटवल स्टार्सको वर्ष २०२१/२०२२ को लागि नयाँ नेतृत्व चयन भएको छ । क्लबको आगामी वर्षको लागि नयाँ अध्यक्षको रुपमा एन्जिल मिया खान चयन भएका हुन ।
२२ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा विजय कुमार वर्नवाल, द्वितीय उपाध्यक्षमा भुपेन्द्र अर्याल, तृतीय उपाध्यक्षमा विश्वजित कसौधन, सचिवमा राजन जिसी, कोषाध्यक्षमा रामबहादुर शाही , सह–सचिवमा ढकेश्वर भट्टराई र सह–कोषाध्यक्षमा अब्दुल सलामत चयन भएका हुन ।
यस्तै पी.आर.ओ दुुर्गा बहादुुर आले, एलसीआइएफ कोडिनेटर चेयरपर्सन मान बहादुर श्रेष्ठ, क्लब मेम्बरसिप चेयरपर्सन रुपमागंत पाण्डे, क्लब मार्केटीङ्ग कम्यूनिकेशनचेयरपर्सन रवि भट्टराई, निर्देशक डायवटिज चेयरपर्सन डा. अन्जनी बर्नवाल, निर्देशक हंर्गर चेयरपर्सन निर्देशक विजय प्रधान, युथ चेयरपर्सन निर्देशकमा घनश्याम पाण्डे, फाइनान्स चेयरपर्सन निर्देशकमा प्रदिप भट्टराई, स्पोट्स निर्देशक चेयरपर्सनमा कृष्ण जिसी, टेल–ट्वीष्टर किशोर वर्मा, टेमरमा नविन पन्थी चयन भएको निवार्चन आयुुक्त दिपक भट्टराईले जानकारी दिए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका द्वितीय भ्वाईस डिष्ट्रिक गभर्नर नवराज न्यौपाने नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै सामाजिक काममा क्लबले नेपालको मात्रै नभएर लायन्सकै इतिहासमा गौरवपूर्ण काम गर्ने अपेक्षा गरे ।
त्यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले क्लबले विगतका दिनमा नमुना सामाजिक काम गरेको भन्दै यसलाई निरन्तरता दिदै आगामी दिनमा अझ परिस्कृत रुपमा काम गर्ने कुरामा विश्वस्त रहेको बताए ।
यस्तै कार्यक्रममा लायन्स डिष्ट्रिक एड्भाईजर अर्जुनमान सैजुले आगामी दिनमा क्लबले थप रचनात्मक काम गर्नुपर्नेमा जोड दिदै आफूले स्पोन्सर गरेको क्लबले गरेको कामबाट आफु गौरवान्वित भएको बताए ।
कार्यक्रममा २०२०/२१ का अध्यक्ष शुशिल पाण्डे (एमजेएफ) ले नयाँ कार्यसमितिलाई बधाई र क्लबलाई कसरी आगाडी क्रियाशील गराउन र सामाजिक काममा जोड दिन आग्रह गरेका छन् ।
क्लबका संस्थापक अध्यक्ष तथा एरिया चिफ सन्दीप कुमार कसौधन (एमजेएफ)ले सामाजिक सेवा भावले स्थापना भएको क्लबले छोटो समयमा नै विभिन्न क्रियाकलाप गरी समाजमा उदाहरणीय कार्य गरेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिनको आग्रह गरे ।
कार्यक्रममा पूर्व अध्यक्ष रिजन चेयर पर्सन आशिष कृष्ण श्रेष्ठले क्लबको गरिमा बढाउनको लागि नयाँ नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । कार्र्यक्रममा बोल्दै जोन चेयर पर्सन एम एल पाण्डेले क्लबले सबैसंग हातेमालो समेत आवश्यक रहेको भन्दै सोही अनुसारको काम क्लबले अगाडी बढाउनेमा विश्वास व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij