२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

टोलवासीको उपचारका लागि स्वास्थ्य संस्थासंग सम्झौता

बुधवार , बैशाख १, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • बुटवल, १ वैशाख ।  
    बुटवल उपमहानगरपालिका–११ चौपारी टोल विकास संस्थाले टोलवासीको स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थासंग सम्झौता गरेको छ । अतिविपन्नलाई निःशुल्क र शुल्क तिर्न सक्नेलाई भारी छुटमा स्वास्थ्य परीक्षणको लागि सम्झौता गरिएको टोल विकास संस्थाका संस्थापक अर्जुन कुंवरले जानकारी दिए । बुटवलको जिनोमिक डायग्नोस्टिक ल्याब्रोटरी प्रा.लि.संग स्वास्थ्य परीक्षणको लागि सम्झौता भएको हो । उक्त सम्झौता मंगलबार एक समारोहकाबीच गरिएको हो । सो अवसरमा नया वर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरिएको थियोे ।

    कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख तारा प्रसाद उपाध्यायले टोल विकास संस्थाले गरेको काम निकै रचनात्मक भएको बताए । उनले टोलवासीको स्वास्थ्यलाई ध्यानमा दिएर गरिएको कार्य अरुको लागि पनि अनुकरणीय भएको बताए ।

    संस्थाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अर्जुन कुवर, जिनोमिक डायग्नोस्टिक ल्याबोरेटोरी प्रा.लि. का प्रबन्ध निदेशक रमेश पाण्डे, संस्थाका उपध्यक्ष गणेश सापकोटा, सचिव नारायण रायमाझी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।