
शनिवार , भाद्र ७, २०८२
भैरहवा, ७ भदौ । लायन्स क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर लोटस र लियो क्लब अफ सिद्धार्थनगरले भैरहवामा संयुक्त रक्तदान कार्यक्रम गरेका छन् । क्लबले शुक्रबार सिद्धार्थनगर नगरपालिका–८ स्थित साई ग्लोबल एकेडेमी परिसरमा कार्यक्रम गरेका हुन् ।
लायन्स क्लबको बारेमा र मानव रक्षाका लागि रक्तदान महत्वपूर्ण छ भनेर विद्यार्थीलाई बुझाउन विद्यालयमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक आनन्द खनालले बताउनुभयो ।
कार्यक्रममा ३५ यूनिट रगत संकलन भएको लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२५÷०२६ का अध्यक्ष धर्मराज आचार्यले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले रक्तदानले मानिसको ज्यान बचाउने भएकाले यो आफैमा महत्वपूर्ण र पुनित कार्य भएको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थगर लोटसकी पूर्वअध्यक्ष ललिता बछार, लियो डिष्ट्रिकका कोषाध्यक्ष मनिष ढकाल, साई ग्लोब एकेडेमीका अध्यक्ष दिनेश मान अमात्य लगायतले रक्तदानको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष धर्मराज आचार्य, लायन्स क्लब अफ सिद्धार्थनगर लोटसकी अध्यक्ष सरिता आचार्य र लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष विमल गौतमको अध्यक्षता, कार्यक्रम संयोजक आनन्द खनालको स्वागत तथा कुलचन्द्र गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संयोजक आनन्द खनाल, पल्लवी न्यौपाने र प्रवेश खनालले गर्नुभएको आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij