२०८२, भाद्र ८ गते

Aug 24 2025 | २०८२, भाद्र ८ गते

रोटरी सेन्ट्रल लुम्बिनीको ४२२ औं नियमित बैठक वृद्धाश्रममा

शनिवार , भाद्र ७, २०८२

  • 520
    Shares
  • 520
    Shares
  • भैरहवा, ७ भदौ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको ४२२ औं नियमित बैठक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा सम्पन्न भएको छ । कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा क्लबका सदस्यहरूले आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरूलाई खाद्यान्न, किराना सामग्री, दोसल्ला र दक्षिणा हस्तान्तरण गरेका छन् ।

    सो अवसरमा बोल्दै क्लबका अध्यक्ष विष्णु शर्माले सेवा परियोजनासँगै नियमित बैठक सम्पन्न गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले वृद्धवृद्धाहरुको आशीर्वाद क्लबका प्रत्येक सदस्य र परिवारमा कल्याण ल्याउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष शर्माले सबै सदस्यलाई योगदानका लागि धन्यवाद दिदै कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको नेपाली साँस्कृतिक महत्वबारे आफ्नो धारणा राख्नुभयो ।

    श्री सत्य साई वृद्ध सेवा आश्रमकी सञ्चालक माया खरेलले रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको मानव सेवाको योगदानप्रति आभार व्यक्त गर्नुभयो । 

    क्लबका पूर्वअध्यक्ष कृष्णप्रसाद पाण्डेले स्वागत मन्तव्य दिँदै आजको दिनको साँस्कृतिक महत्वबारे प्रकाश पार्नुभएको थियो भने संस्थापक अध्यक्ष विमल सेन्चुरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । विशेषअतिथि चोपलाल पाण्डेले मानव सेवामा रोटेरीयनहरूको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

    क्लबका सचिव बासु बडालको सञ्चालनमा बैठक सम्पन्न भएको थियो । बैठकमा क्लबका पूर्वअध्यक्ष हिरा बहादुर शाह, पूर्वअध्यक्ष प्रेम शर्मा, पूर्व सचिव गंगाधर भण्डारी, कोषाध्यक्ष उपेन्द्र यादव, रोटेरियन सुनिल सेठिया, राम थापा, राजेश अग्रहरी, शान्ति शर्मा, स्वेता बडाल लगायतको उपस्थिति थियो ।

    WhatsApp Image 2025-08-23 at 11.15.12 AM.jpeg