
आइतवार , भाद्र ८, २०८२
काठमाडौं, ८ भदौ । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एक पटाका कारखानामा भएको आगलागीमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
३४ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । अस्पतालका अधिकारीहरूले स्थानीय मिडियालाई बताएअनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पाँच जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।
प्रहरीले पटाका बनाउन प्रयोग हुने कच्चा पदार्थ भण्डारण गरिएको कारखानाको गोदाममा सर्ट सर्किट भएर आगलागी भएको बताएको छ र जसबाट ठूलो विस्फोट भएको र नजिकैका भवन र सवारी साधनमा व्यापक क्षति पुगेको छ । घटनाको अनुसन्धान गर्न समिति गठन गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij