
आइतवार , भाद्र ८, २०८२
भैरहवा, ८ भदौ । राष्ट्रिय वैश्य महासंघ नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीले स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संघले शनिबार भैरहवामा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेलाई स्वागत गर्नुका साथै नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी डा.पाण्डेले पछिल्लो समय तराई–मधेशमा पनि हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको बताउनुभयो । उहाँले भन्नुभयो–‘म खुसी छु र प्रशंसा पनि गर्न चाहन्छु ।’ उहाँले नेपालमा विभिन्न जातजाति, समुदाय रहेको र एक–अर्कालाई सम्मान गर्दै आएको बताउनुभयो । यही नै हाम्रो विशेषता र पहिचान हो, ’उहाँले भन्नुभयो ।
त्यस्तै भीम अस्पतालको प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले तीज पर्वमा दुःखसुख साटासाट चलन भएको बताउनुभयो । उहाँले तीज आपसी सदभाव र मेलमिलापको पर्व भएको बताउनुभयो ।
राष्ट्रिय वैश्य महासंघ नेपाल रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्ताले आगामी वर्ष यस्ता कार्यक्रममा अझ बढी सहभागीता गराइने बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij