२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रद्वारा तीज मिलन

सोमवार , भाद्र ९, २०८२

  • 538
    Shares
  • 538
    Shares
  • बुटवल, ९ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिका कालिकानगरमा पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रले हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ ।

    केन्द्रका अध्यक्ष देव बहादुर कुँवरले आफूहरुको मुख्य उद्देश्य पश्चिम बाग्लुङ, निसीखोला गाउँपालिका, तमान खोला गाउँपालिका, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट रुपन्देहीमा बसोबास गर्नेहरु एकआपसमा चिनजान भाईचाराको सम्बन्ध स्थापित गर्न रहेको बताउनुभयो । उहाँले रुपन्देहीका सबै पालिका र पश्चिम बाग्लुङका सबै पालिकासँग शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कुरालाई जोडनु संस्थाको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि  बुटवल उपमहानगरपालिकाकी उपप्रमुख अर्यालले  हरितालिका तीज जस्ता चाडपर्वले सामाजिक सद्भाव र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आएको बताउनुभयो । उहाँले बुटवल उपमहानगरपालिकाभित्र  बहुजातीय, बहुसाँस्कृतिक उपमहानगर भएकोले चाडपर्वहरूले यही विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रसँग पर्यटन, शिक्षा रोजगारसँगै साँस्कृतिक गतिविधिहरूलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    त्यस्तै कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापाले महिलाहरुको धार्मिक र साँस्कृतिक पर्वलाई एकताको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘तीज पर्वले आमा–दिदीबहिनीहरूलाई मात्र होइन, सम्पूर्ण समाजलाई एकतामा बाँध्ने माध्यम बनेको छ ।’ उहाले यस्ता कार्यक्रमहरूलेसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

    त्यसै गरी ईलाका प्रहरी कार्यलय बुटवलमा प्रमुख इन्द्र रानाले सबै नेपाली दिदीबहिनीको महत्वपूर्ण चाड भएकाले कोही कसैले तडकभडक नगरी सभ्य तरिकाले मनाउनुपर्ने र दिदीबहिनीहरूबीच आपसमा सद्भाव कायम हुनुपर्ने बताउनुभयो ।

    संस्थाका वरिष्ठ उपाध्यक्ष इन्द्र थापाको स्वागतमा भएको कार्यक्रममा आजीवन सदस्य र साधारण सदस्यलाई प्रमाणपत्र वितरणसँगै विभिन्न नृत्य प्रस्तुत गरिएको थियोे । कार्यक्रम सञ्चालन संस्थाका महासचिव नरहरी भुसालले गर्नुभएको थियो ।