२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

सहकारीमा मल हुँदा पनि किसानले नपाएको भन्दै गोदामको ताला फुटाएर वितरण

सोमवार , भाद्र ९, २०८२

  • 685
    Shares
  • 685
    Shares
  • भैरहवा, ९ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ स्थित श्री विराट कृषि सहकारी संस्था लि. मलखाद भण्डारण तथा वितरण केन्द्रमा रहेको मल किसानलाई नदिएको भन्दै गोदाममा ताला फुटाएर मल वितरण गरिएको छ । गोदाममा मल हुँदा पनि सहकारीले किसानलाई नदिएकोे गाउँपालिकामा गुनासो आएपछि अध्यक्ष यादव स्वयं पुगेर सहकारीको ताला फोडेर मल वितरण गर्नुभएको हो ।

    अध्यक्ष यादवले गाउँपालिकामा आएको मल प्रत्येक किसानलाई एक/एक बोरा दिने निर्णय पालिकाले गरेको बताउँदै सोअनुसार मल वितरण नभएपछि सहकारीको ताला तोडन बाध्य भएको बताउनुभयो । ‘समयमा मल नपाउँदा निकै किसान मर्कामा परेका छन् । विराट सहकारीमा एक हप्ता अघि मल आए पनि किसानलाई वितरण नगरिएपछि बाध्य भएर सहकारीको गोदाम फोडर निरीक्षण गर्दा त्यहाँ रहेका २८४ बोरा युरिया मल वितरण गरिएको हो, ’उहाँले भन्नुभयो ।

    स्थानीय किसान, सरोकारवाला निकाय, पालिकाका पदाधिकारी, कर्मचारी, प्रहरी, लगायतको रोहबरमा ताला तोडेर मल वितरण गरिएको अध्यक्ष यादवले बताउनुभयो ।

    सोमबार गाउँपालिकाको कार्यालय पुगेका स्थानीयले सहकारीका सञ्चालक सम्पर्कबिहीन भएको र फोन सम्पर्क गर्दा पनि सन्तोषजनक जवाफ नदिइ मल दिन आलटाल गरिरहेको गुनासो गरेका थिए ।

    WhatsApp Image 2025-08-25 at 6.59.43 PM.jpeg