२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

लुम्बिनी लाभाजद्वारा ट्रफी र खेलाडी सार्वजनिक

सोमवार , भाद्र ९, २०८२

  • 595
    Shares
  • 595
    Shares
  • भैरहवा, ९ भदौ । वात्सल्य एभरेष्ट वुमन्स भलिबल लिग अन्तर्गत लुम्बिनी लाभाज टीमले सोमबार रुपन्देहीको भैरहवामा ट्रफी सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुने लिगमा लुम्बिनीबाट सहभागी हुने खेलाडीबारे पनि जानकारी गराईएो छ । 

    लुम्बिनी लाभाजका प्रमुख प्रशिक्षक भरत यादवले टयालेन्ट हन्टबाट रुपन्देहीकी जानकी केसीलाई छनौट गरिएको जानकारी दिनुभयो । उहाँले सीप, खेल कौशल र उमेर समूह मेल खाएका कारण केसीलाई छनौट गरिएको जानकारी  दिनभयो । यादवले भलिबल नेपालका हरेक ठाउँमा खेलिने लोकप्रिय खेल भएकाले सरकारले यसलाई राष्ट्रिय खेल घोषणा गरेको बताउनुभयो । केसीलाई ५० हजार रुपैयाँमा टीममा आबद्व गरिएको हो । नेपाल भलिबल संघले खेललाई उचाइ प्रदान गर्न दोस्रो चरणको लिग हुन गइरहेको उहाँले जानकारी  दिनुभयो । उहाँका अनुसार टीममा ९ जना नेपाली र तीनजना विदेशी खेलाडी छन् ।

    लुम्बिनी लाभाजकी कप्तान अरुणा शाहीले उपाधि जित्ने गरी खेलाडी छनौट गरिएको जानकारी दिनुभयो । उहाँले अहिले टयालेन्ट हन्टबाट छनौट हुन असफल खेलाडीलाई आगामी दिनमा अवसर प्रदान गरिने बताउनुभयो । टीमकी ब्राण्ड एम्बेसडर आना शर्माले खेलकुदमा गरिने लगानी भनेको भविष्यको पनि लगानी भएको बताउनुभयो । आफूले महिला टीमलाई सपोर्ट गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

    टीमका निर्देशक रामजी पौडेलले खेलकुदमा तीनै तहको सरकारबाट प्रोत्साहन भएको बताउनुभयो । उहाँले भलिबल खेलमा महिलाको सहभागीता अत्यन्तै राम्रो रहेको बताउनुभयो । जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष अर्जुन कुँवरले जेसीजलाई अवसर प्रदान गरेको भन्दै लुम्बिनी लाभाजलाई धन्यवाद दिनुभयो ।

    रुपन्देहीको मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले लुम्बिनी लाभाजले प्रदेशको नाम राख्ने विश्वास व्यक्त गर्नुभयो ।

    लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले खेलकुद क्षेत्रमा रुपन्देही र लुम्बिनी प्रदेश अगाडि रहेको बताउनुभयो । उहाँले खेलाडी प्रोत्साहन गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । आगामी दिनमा खेलाडी छनौटदेखि प्रशिक्षणमा समन्वय गरेको खण्डमा मन्त्रालयले बजेट विनियोजन गर्न सक्ने उहाँले बताउनुभयो ।

    लुम्बिनी लाभाज टीमकी मार्की खेलाडीमा अरुणा शाही हुनुहुन्छ । अन्य खेलाडीमा कामना विष्ट, अलिशा मानन्धर, शान्तिकला तामाङ, अलिशा मानन्धर, जेनिसा विश्वकर्मा, रोमा महतो, अनुसा चौधरी, रिक्जना माझी र जानुका केसी रहनुभएको छ । एभरेष्ट स्पोर्टस म्यानेजमेन्टले टीमको व्यवस्थापन गरिरहेको छ ।

    दीपेन्द्रमान श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा जेसीआई सिद्धार्थ, नेपालका निवर्तमान अध्यक्ष कमल जि.सी. लगायतको उपस्थिति थियो ।