
बुधवार , भाद्र ११, २०८२
काठमाडौं, ११ भदौ । प्यालेस्टिनी स्रोतहरूकाअनुसार मंगलवार बिहान ठूलो मात्रामा छापा मारेर इजरायली सेना मध्य पश्चिम किनारको शहर रामल्लाहबाट फिर्ता भएको छ ।
प्यालेस्टिनी सुरक्षा बलहरूले इजरायली सेनाले मध्य रामल्लाहमा आक्रमण गरेको र धेरै पसल र मुद्रा विनिमय कम्पनीहरूमा छापा मारेको बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीकाअनुसार छापा मार्दा २० प्यालेस्टिनीहरू घाइते भएका थिए ।
जसमा एक १२ वर्षीय बालकलाई पछाडि गोली लागेको थियो र दुई गर्भवती महिलाहरू निसास्सिएका गिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij