२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

गण्डकी प्रदेशमा पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव 

बिहिवार , बैशाख २, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • कास्की, २ वैशाख ।

    पृथ्वी सुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव लैजाने तैयारी भइरहेको छ । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाको सहभागितामा बनेको सरकारलाई पछिल्लो समय राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि यो राजनितिक तयारी भएको हो ।

    मुख्यमन्त्रीको दावी गर्न सक्ने माओवादी केन्द्रले नेपाली काँग्रेसको नेतृत्व मान्न तयार भएपछि एमाले बाहेकका अन्य ४ दलहरुबीच यस्तो सहमति भएको माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हरि बहादुर चुमानले जानकारी दिए । 

    चुमानका अनुसार चार दलबीच छलफल र सहमतिमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गर्ने कार्यक्रम रहेको छ। अविश्वासको पक्षमा नेपाली काँग्रेसका १५ जना, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टी नेपाल (जसपा) का २ जना रहेको चुमानले बताए ।