२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

बाफिया विधेयकमा अध्यक्ष ढकालको असन्तुष्टि

बुधवार , भाद्र ११, २०८२

  • 262
    Shares
  • 262
    Shares
  • काठमाडौं, ११ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाउनुभएको छ ।

    बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असन्तुष्टि प्रकट गर्नुभएको हो । कुनै बैंक वा वित्तीय संस्थाको प्रमोटरको नातेदारको कुनै एक जनाले अर्को निजी कम्पनीको १० प्रतिशत मात्र शेयर दियो भने ९० प्रतिशत अरु प्रमोटर भएको निजी कम्पनीले नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने बाफिया अहिले ड्राफ्ट भइरहेको बताउनु भयो ।

    यसले आम नागरिकबीच चर्चा कमाए पनि आत्मनिर्भर अर्थतन्त्र बनाउन सहयोग नपुग्ने जिकिर गर्नुभयो । यसले अर्थतन्त्रका सम्पूर्ण सूचकहरुमा असर गर्ने जिकिर गर्नुभयो । अहिले जति पनि उद्योग धन्दा, प्रतिष्ठानहरुमा नातेदार भन्दा बाहिरका मानिसहरु नरहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘कुनै बैंक वा वित्तीय संस्थाको प्रमोटरको नातेदारको कुनै एक जनाले अर्को निजी  कम्पनीको १० प्रतिशत मात्र शेयर दियो भने ९० प्रतिशत अरु प्रमोटर भएको निजी कम्पनीले नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने बाफिया जुन ड्राफ्ट भएको छ । त्यसमा रहेको छ ।

    यस्ता चिजहरु आम पब्लिकमा पपुलर हुने हिसावले कानूनहरुमा यस्ता इस्युहरु आउँछन्, यसले अर्थतन्त्रका सम्पूर्ण सूचकहरुमा असर गर्दछ । आत्मनिर्भर अर्थतन्त्र बनाउन सपोर्ट गर्दैन । अहिले जति पनि उद्योग धन्दा, प्रतिष्ठानहरु छ, वास्तवमा त्यो नातेदार भन्दा बाहिरको छैन होला ।’

    अध्यक्ष ढकालले भएका उद्योग धन्दा बन्द गर्नेतर्फ लाग्न नहुनेमा जोड दिनुभयो ।