२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

वरिष्ठ डिभिजनल वन अधिकृत श्रेष्ठलाई स्वागत तथा सम्मान

बुधवार , भाद्र ११, २०८२

  • 685
    Shares
  • 685
    Shares
  • पाल्पा, ११ भदौ । सरुवा भइ डिभिजन वन कार्यालय, पाल्पा आउनुभएका वरिष्ठ डिभिजनल वन अधिकृत मोहन श्रेष्ठलाई बुधबार एक कार्यक्रमबीच सामुदायिक वन समन्वय समिति, तिनाउ, पाल्पाले दोभानमा स्वागत तथा सम्मान गरेको छ । 

    स्वागत कार्यक्रममा वरिष्ठ डिभिजनल वन अधिकृत श्रेष्ठले कानूनसम्मत रुपमा आफूले वन, वातावरण क्षेत्रमा जनताको हित गर्ने बताउनुभयो । उहाँले वनलाई उद्यमशीलतासँग जोड्दै उपभोक्तामुखी कार्यक्रम गर्ने बताउनुभयो । 

    वन सम्वर्धन प्रणाली कार्यक्रमलाई जोड दिदै आयमुखी कार्यक्रममा उपभोक्तालाई जोड्ने सामुदायिक वन समन्वय समिति, तिनाउसँग हातेमालो गरी अघि बढ्ने श्रेष्ठले बताउनुभयो ।

    उक्त कार्यक्रममा सामुदायिक वन समन्वय समिति, तिनाउका अध्यक्ष दलबहादुर गुरुङले तिनाउमा रहेका ८१ वटा सामुदायिक वन उपभोक्ता समूहहरुको क्षमता अभिवृद्धि,  सचेतनामुखी अभियान, आयमुखी गतिविधि र पैरवी गर्ने काम गर्दै आएको बताउनुभयो । 

    कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेय, सल्लाहकार राजेश श्रेष्ठ, अमरसिंह भण्डारी, प्रेम चौधरी लगायतले आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।