२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

भैरहवामा अष्ट महासखी मुर्ति स्थापना

बिहिवार , बैशाख २, २०७८

भैरहवा, २ वैशाख । 
भैरहवाको श्री रसिकेश्वर मन्दिर, बर्मेली कलोनी, सिद्धार्थनगर–९ मा श्री अष्ट महासखी  मुर्ति प्राण प्रतिष्ठा गरिएको छ । पंचम मूल जगद्गुरु श्री १००८ कृपालु जी महाराजद्वारा प्रतिष्ठित श्री रसिकेश्वर मन्दिरमा श्री महाराज जी की प्रचारिका सुश्री निकुञ्जेश्वरी देवीको सानिध्यमा श्री अष्ट महासखी विग्रह प्राण प्रतिष्ठा गरिएको हो । 

आध्यात्मिक संस्था राधामाधव समितिद्वारा गरिएको त्रिदिवसीय कार्यक्रममा चैत २९ र ३० गते पुजन र ३१ गते कलश जात्रा, श्री अष्ट महासखी विग्रह स्थापना, साधु र ब्राह्रमण भोज र प्रसाद ग्रहण कार्यक्रम गरिएको राधा माधव समिति नेपालका अध्यक्ष बृजेश कुमार अग्रवालले जानकारी दिए । विभिन्न क्षेत्रबाट आएका ४ सय जना साधु सन्त, ब्राहमणहरुलाई वस्त्र दान दक्षिणा प्रदान गर्नुका साथै सम्मान गरिएको आयोजक समितिले जनाएको छ  । 

साधु सन्त र आध्यात्मिक मानुभावहरुबाट नगर परिक्रम गरी मन्दिरमा अष्ट महासखीको मुर्ति प्राण प्रतिष्ठा गरिएको थियो । भैरहवा क्षेत्रका धेरै भक्तजनहरुको आस्थाको केन्द्र रहेको यो मन्दिरमा अष्ट महासखीको मुर्ति प्राण प्रतिष्ठा गरिएपछि सबैमा खुशीयाली छाएको छ । भव्य र सभ्य रुपमा भएको त्रिदिविसीय कार्यक्रमले यस क्षेत्रलाई आध्यात्मिक मार्गमार्फत समाजमा सकारात्मक सन्देश फैलाएको स्थानीयको भनाइ छ ।