२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

तिलोत्तमा–५ को मणिग्राम चोकमा निःशुल्क पार्किङ सुरु

बिहिवार , भाद्र १२, २०८२

  • 358
    Shares
  • 358
    Shares
  • तिलोत्तमा, १२ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ स्थित मणिग्राम चोकमा निःशुल्क पार्किङ सुरु भएको छ । ९३ मिटरको उक्त पार्किङस्थलको बिहिबार एक कार्यक्रमकाबीच नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गर्नुभयो ।

    सो अवसरमा बोल्दै खाणले यस सुविधाले व्यापारिक र व्यवसायिक रुपमा मणिग्रामको विकास हुने बताउनुभयो । उहाँले पालिकामै यो पहिलो पार्किङ स्थल निर्माण भएको र आगामी  दिनमा अन्य मुख्य बजार भएका चोकमा पार्किङ सुविधायुक्त बनाइने जानकारी दिनुभयो । ‘हामीले जग्गा निर्धारण गर्न सकेमा लिफ्टसहितको पार्किङ समेत बनाउन सकिने गरी बजेट बिनियोजन गर्न सकिन्छ, ’उहाँले भन्नुभयो–‘यसका लागि पहिले जमिन आवश्यक पर्छ ।’ हरेक विकास को काममा स्थानीयको भूमिका महत्वपूर्ण रहने भएकाले स्थानीले साथ दिनुपर्ने उहाँले बताउनुभयो ।

    da50b931-5dbf-4ec5-bda1-e98c67573b91.jpeg

    त्यस्तै वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रे , तिलोत्तमा उधोग वाणिज्य संघ का अध्यक्ष ज्ञानेन्द्र कार्की, तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्र प्रसाद न्यौपाने, तिलोत्तमाका ट्राफिक प्रहरी प्रमुख रेशम रिजाल लगायतले बोल्दै सहज पार्किङ भए उपभोक्ताले सामान खरिद गर्न मणिग्राम बजार आउने, बजार चलायमान हुने र नागरिक खुसी हुने बताउनुभयो । उहाँहरुले सडकमा अव्यवस्थित रुपमा सवारीसाधन रोकिदा हुने दुर्घटना न्यूनीकरणमा समेत पार्किङले सघाउने बताउनुभयो ।

    कार्यक्रमको सञचालन वडा नम्बर ५ का सचिव हरि खतिवडाले गर्नुभएको थियो ।

    4185ac07-1938-432e-95b1-cbd9054a2412.jpeg