
बिहिवार , बैशाख २, २०७८
भैरहवा, २ वैशाख ।
स्याङ्गजाली परिवार रुपन्देहीले नयाँ वर्ष– २०७८ को अवसरमा क्षेत्रीय अधिवेशन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा स्याङ्गजाली परिवार रुपन्देहीको नव वर्ष २०७८ सालको भित्तेपात्रो विमोचन गरी वितरण गरिएको थियो । भैरहवामा आयोजित उक्त क्षेत्रीय अधिवेशनले नारायण प्रसाद उपाध्याय सापकोटाको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा हुमनाथ पाण्डेय, सचिवमा बाबुराम पौडेल र कोषाध्यक्षमा कृष्णकान्त मरासिनी निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा गोपाल प्रसाद वाग्ले, सुधिर थापा, विष्णु प्रसाद पौडेल, कृष्णराज ढुंगाना, मनोज क्षेत्री, दिपेन्द्र कार्की, दिपेन्द्र पौडेल, मन बहादुर थापा, कृष्ण बहादुर थापा, हुमनाथ चापागाई, नारायण प्रसाद कोइराला, भानुभक्त पौडेल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता शिवप्रसाद गौडेलले जानकारी दिए ।
क्षेत्रीय अधिवेशन सम्पन्न गर्नका निम्ती स्याङ्गजाली परिवारका वरिष्ठ उपाध्यक्ष शिव प्रसाद गौडेलको संयोजकत्वमा अधिवक्ता कृष्णप्रसाद ढकाल र स्या¨जाली परिवारका महासचिव विष्णुप्रसाद मरासिनीसहितको तीन सदस्यीय निर्वाचन समिति गठन भएको थियो ।
कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष डिआर शर्मा, वरिष्ठ सल्लाहकार दीर्घराज काफ्ले, वरिष्ठ उपाध्यक्ष शिवप्रसाद गौडेल, महासचिव विष्णुप्रसाद मरासिनी, उदयराम पौडेल, बाबुराम पौडेल लगायतले नयाँ वर्षको शुभकामना मन्तव्य तथा नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij