२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा विश्वासको मत लिने तयारी

बिहिवार , बैशाख २, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • काठमाडौं, २ वैशाख ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भोलि प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभा सचिवालयले जनाए अनुसार मुख्यमन्त्री शाहीले सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

    पत्राचारमा मुख्यमन्त्री शाहीले भनेका छन्–नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेश सभा सचिवालयलाई आग्रह गर्दछु ।

    कर्णाली प्रदेशसभामा ठूलो दल नेकपा एमालेले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनुपर्ने बाध्यतात्मक अवस्था उत्पन्न भएको छ । 

    एमाले संसदीय दलको बैठकले यही चैत ५ गतेदेखि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । करिब ३ वर्षअघि माओवादी केन्द्रका नेता शाही संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। 

    दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ ।