
सोमवार , भाद्र १६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही– ३ का उम्मेदवारसँग गर्ने भनेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम स्थगित गरेका छ ।
रास्वपाले आज दिउँसो २ बजे अन्तर्क्रियाको लागि पार्टीको केन्द्रीय कार्यालयमा पत्रकारहरूलाई बोलाएको थियो । यद्यपि, अचानक कार्यक्रम स्थगित भएको सूचना सार्वजनिक भएको छ ।
रास्वपाले हिजो डा. लेखजंग थापालाई रुपन्देही– ३ को उपचुनावका लागि उम्मेदवार बनाउने घोषणा गरेका थियो । तर, उनी घोषणा भएलगत्तै विवादमा तानिएका छन् ।
पार्टीले छनौट गरेको उम्मेदवार विवादमा तानिएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको पार्टी श्रोतले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij