
सोमवार , भाद्र १६, २०८२
भैरहवा, १६ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण सुरु गरेको छ । ज्येष्ठ नागरिक, पूर्ण अपांगता तथा असहाय, अशक्त रहेका तथा वडा कार्यालयसम्म आउन नसक्नेहरुका लागि घरमै पुगेर नविकरण गरिएको वडाअध्यक्ष उज्जवल पोखरेलले बताउनुभयो ।
यो कार्यका लागि घरदैलो अभियान सुरु गरिएको पोखरेलले जानकारी दिनुभयो । सोमबार (पहिलो दिन) पक्लिहवामा ११ जनाको सामाजिक सुरक्षा भत्ता नविकरण गरिएको उहाँले बताउनुभयो । अभियानमा महिला स्वास्थ्य स्वयंसेविका लगायतको पनि सहयोग रहेको उहाँले जानकारी दिनुभयो । ‘घरमै पुगेर सेवा दिने प्रयास गरेका छौं, यो अभियानमा साथ र सहयोग तथा आवश्यक सहजीकरण गर्न सबैमा अनुरोध गर्दछु, ’उहाँले भन्नुभयो ।
परिचयपत्र नविकरण गर्न कोही कुनै कारणवश छुट्नुभएमा वडा कार्यालयमा सम्पर्क गर्न वडाअध्यक्ष पोखरेलले आग्रह गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij