२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

प्युठान जीप दुर्घटना : आफन्तले बुझे मृतककाे शव

कर्माचारीकाे शाेकमा ५ दिन कार्यालय बन्द

बिहिवार , बैशाख २, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • वैशाख २, गुल्मी

    बुधबार प्युठानको स्वर्गद्वारी निजकै भएको दुर्घटनामा परि मृत्यु हुने ५ जनाके शव अफन्तलाई बुझाइएको छ। गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो ।

    स्याङजाका ३८ वर्षीय प्रशासकीय अधिकृत  श्याम न्यौपानेको शव घटनास्थलबाटै बुझाइएको थियो । अन्य ४ जनाको शव जिल्ला प्रशासन कार्यालय गुल्मीमा शोकसभा गरेर आफन्तलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।

    दुर्घटनामा परी कर्मचारीको निधन भएको शेकमा कार्यालयका अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थीले बताए ।