२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

‘मिस्टर नेपाल’ २०२५ को उपाधिका लागि भिड्दै भैरहवाका सुजल उपाध्याय

बुधवार , भाद्र १८, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १८ भदौ । ‘मिस्टर नेपाल २०२५’ को उपाधिका लागि ३० जना युवा भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्सले इटहरी, जनकपुर, हेटौडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगञ्ज काठमाडौंमा आयोजना गरिएको डिजिटल अडिसनबाट ती युवा छनोट भएका हुन् ।

    छानिएका प्रतियोगीमा रुपन्देहीको भैरहवाका २२ वर्षिय सुजल उपाध्याय पनि हुनुहुन्छ । उपाध्यायले आफूलाई मत दिइ सफल बनाउन आग्रह गर्नुभएको छ । ‘म प्रतिष्पर्धी नम्बर २६, सुजल उपाध्याय, लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै मिस्टर नेपाल २०२५ को अन्तिम चरणमा पुग्न सफल भएको छु, ’उहाँले भन्नुभयो–‘यो यात्रा केवल मेरो नभइ, हाम्रो संस्कार, संस्कृति र गौरवलाई विश्व मञ्चमा चिनाउने रमाइलो र सम्मानको यात्रा हो ।’ 

    उहाँले आफूलाई भोट गर्नका लागि Khalti App download गरेर Voting Option गइ  Contestant No. २६ छान्न र भोट गर्न सकिने जानकारी दिनुभयो । त्यस्तै, नेपाल बाहिरबाट भोट गर्न चाहनुहुनेले www.khalti.com मा गइ Contestant No. २६ मा भोट गर्न सकिने बताउनुभयो । 

    WhatsApp Image 2025-09-02 at 10.15.05 PM.jpeg

    यो प्रतियोगितामा मुलुकको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने जनाइएको छ । फिनालेमा मिस्टर वल्र्ड नेपाल, मिस्टर ग्लोबल नेपाल र ‘म्यान अफ द वल्र्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ । फिनाले काठमाडौंस्थित सोल्टी होटलमा सेप्टेम्बर १२ तारिखमा आयोजना हुनेछ ।