२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

भदौ २० गते रोहिणीमा स्थानीय बिदा

बिहिवार , भाद्र १९, २०८२

  • 319
    Shares
  • 319
    Shares
  • भैरहवा, १९ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिकाले भदौ २० गते शुक्रबार (भोली) स्थानीय बिदा दिएको छ । ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५०० औं जन्मजयन्तीको अवसरमा शुक्रबारका दिन रोहिणीमा बिदा दिइएको गाउँपलिका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो ।

    गाउँपालिकाको भदौ १९ गतेको निर्णयअनुसार शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र सामूदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिइएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।