२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

भैरहवामा मनाइयो मानव बेचबिखनविरुद्धको १९ औं राष्ट्रिय दिवस

बिहिवार , भाद्र १९, २०८२

  • 376
    Shares
  • 376
    Shares
  • भैरहवा, १९ भदौ । ‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो’ भन्ने नारासहित मानव बेचबिखनविरुद्धको १९ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । 
    माइती नेपाल आवधिक गृह भैरहवाले मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम गरी दिवस मनाएको हो ।

    कार्यक्रममा सिद्धार्थनगर–८ स्थित साई ग्लोबल कलेजका विद्यार्थीलाई बिहीबार अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सहभागी विद्यार्थीलाई मानव बेचबिखन तथा ओसारको अवधारणा, नेपाल कानूनमा मानव बेचबिखन तथा ओसार पसार, मानव बेचबिखन तथा ओसारपसारको बदलिदो स्वरुप, मानव बेचबिखन र वैदेशिक रोजगार तथा आप्रवासनबीच अन्तर सम्बन्धहरु, मानव तस्करी र मानव बेचबिखनबीचको फरक र अन्तर सम्बन्ध, मानव बेचबिखन र वेश्यावृतिका बीचमा फरक र अन्तरसम्बन्ध र मानव बेचबिखन तथा ओसारपसारको अवस्थाका बारेमा जानकारी गराइएको थियो । 

    कार्यक्रममा माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा ३ दर्जन बढी विद्यार्थीहरुको सहभागीता थियो ।