२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लायन्स क्लब मणिग्राम नाइट

शुक्रवार , बैशाख ३, २०७८

बुटवल, ३ वैशाख ।
सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ मणिग्रामले आफ्नो ५ औं वर्षको उपलक्ष्यमा लायन्स नाइट कार्यक्रम गरेको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले शुभकामना दिदै सामाजिक काममा क्लब नेपालको मात्रै नभएर लायन्सकै इतिहासमा गौरवपूर्ण काम गर्ने अपेक्षा समेत व्यक्त गरे । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस बेला सामाजिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे । क्लबले विगतका दिनमा नमुना सामाजिक काम गरेको भन्दै यसलाई निरन्तरता दिदै आगामी दिनमा अझ परिस्कृत रुपमा काम गर्ने कुरामा विश्वस्त रहेको बताए ।

कोरोना भाइरसविरुद्धको फस्ट लाइन उपचारमा खटिएका डाक्टर तथा नर्सहरुलाई सम्मान गरेको थियो । कार्यक्रमलाई धर्मेदर सेवान टिम र विष्णु प्रसाद गौडेल मनोरञ्जन प्रदान गरेको लायन्स मणिग्रमका अध्यक्ष सुरज लम्सालले बताए । 
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका पूर्व गभर्नर महेन्द्र नारायण श्रेष्ठ, पर्यटन विकास प्रमुख मुक्ति पाण्डे, तिलोत्तमा वडा नम्बर ९ का अध्यक्ष नारायण न्यौपाने लगायतले बोलेका थिए । लायन्स नाइटबाट बचेको रकम सामाजिक क्षेत्रमा अनाथ असहाय र अपांगता भएका व्यक्तिलाई सहयोग गरिने कार्यक्रम संयोजक प्रकाश भण्डारीले बताए ।