
शुक्रवार , भाद्र २०, २०८२
काठमाडौं, २० भाद्र । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औं राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
शुक्रवार काठमाडौंका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्धको ¥यालीसहित यो दिवस मनाइएको हो । यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाइँदैछ ।
मानव बेचबिखन तथा ओसारपसार रोक्न सबै एकजुट हुनुपर्ने माग गरिएको छ । ¥यालीमा सहभागी हुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन एउटा नराम्रो काम भएको उल्लेख गर्नुहुँदै यसका विरुद्धमा हुने कार्यक्रमहरु सफल बनाउनुपर्ने बताउनु भयो ।
मन्त्री सुडीले भन्नुभयो, ‘हाम्रो देशमा वा विश्वमा नै मानव बेचबिखन एउटा नराम्रो काम हो । यसका विरुद्धमा हुने कार्यक्रमहरु हामी सफल पारौँ । यसको विरोधमा हामी काम गरौँ ।’
¥यालीमा सहभागीहरुले हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज, सबै सचेत र सजग रहौँ, दलाललाई कानूनी कठघरामा उभ्याऔँ, बेचबिखन अपराध हो सचेत रहौँ लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij