images

शुक्रवार, बैशाख २१ गते २०८१

सैनामैनाका कृषकले पाए अनुदानमा ४२ वटा च्यापकटर 

सैनामैनाका कृषकले पाए अनुदानमा ४२ वटा च्यापकटर 

images
images
images
शुक्रवार, बैशाख ३ २०७८
शुक्रवार, बैशाख ३ २०७८
  • सैनामैनाका कृषकले पाए अनुदानमा ४२ वटा च्यापकटर 

    भैरहवा, ३ वैशाख । 
    रूपन्देहीको सैनामैना नगरपालिकाका कृषकले अनुदानमा कृषि उपकरण पाएका छन् । शुक्रबार नगरपालिका कार्यालय परिसरमा नगरका कृषकहरुले विद्युतीय च्यापकटर पाएका हुन् । उक्त च्यापकटर  एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख चित्र बहादुर कार्कीले कृषकहरुलाई हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    ५० प्रतिशत अनुदानमा नगरभित्रका ४२ कृषकहरूलाई च्यापकटर (घाँस तथा पराल काट्ने मेसिन) वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको तर्फबाट १० र प्रदेश सरकारबाट ३२ गरी कूल ४२ वटा औजार वितरण गरिएको हो ।  

    कृषि उपकरण हस्तान्तरण गर्दै नगरप्रमुख कार्कीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै कृषकहरुलाई व्यवसायिक खेतीतर्फ प्रोत्साहन गर्न नगरपालिका लागि परेको बताए । उनले नगरलाई कृषि क्षेत्रको हबको रुपमा विकास गर्ने नगरको योजना समेत रहेको बताए । सरकारले उपलब्ध गराएका अनुदान र सेवा सुविधाको अधिकतम रुपमा कृषकहरुले प्रयोग गर्ने वातावरण सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको प्रमुख कार्कीको भनाइ छ । कार्कीले कृषकहरूमा पशु आहार सम्बन्धी ज्ञान हुनुपर्नेमा जोड दिए । 

    सैनामैना नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनको लागि नगरपालिकाले सक्दो प्रयास गरिरहेको उपप्रमुख विना रानाको भनाइ छ । उनले नगरका कृषकहरुको दैनिक काम गर्ने शैलीमा छिटो र सहज होस् भन्ने उद्देश्यले उक्त च्यापकटर प्रदान गरिएको बताए ।

    नगरपालिकाका पशु विकास अधिकृत इन्द्रबहादुर खड्काले सामाग्री हस्तान्तरण गर्दा कम्तिमा ५ वटा दुहुना भैंसी वा ३० वटा माउ बाख्रा भएकाहरू तथा पशु विकास शाखामा दर्ता भएका कृषकका आधारमा छनोट गरिएको जानकारी दिए । उनले नगरको पशु विकास शाखाले कृषकका लागि हिउँदे घाँसको बिउ, बर्खे घाँस लगायत वितरण गर्दै आएको बताउँदै कृषकहरूलाई पशु बिमा गर्न आग्रह गर्दै नगरका करिब ४ सय कृषकलाई विमा सुविधा उपलब्ध गराइएको जानकारी दिए । 

    सैनामैना नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सुनिलप्रसाद मरासिनीले औजारले कृषकको समय बचत तथा सहज हुने अपेक्षा गरेको बताउँदै उपकरणको सही सदुपयोग गर्न कृषकहरूलाई आग्रह समेत गरे । ४० हजार पर्ने मेसिनमा नगरपालिकाले २० हजार अनुदान दिएको छ भने बाँकी २० हजार कृषकले नै दिएका छन् ।

    सैनामैना दुध, माछा, मासु अण्डा र तरकारीमा आत्मनिर्भर बन्दै आएको सैनामैनाका मुल कृषक समूहका अध्यक्ष शेर बहादुर केसीले बताए । संघीयता आएसँगै स्थानीय सरकारमार्फत कृषिका आधुनिक यन्त्रहरु किसानहरुले सहजै रुपमा अनुदानमा प्राप्त गर्दै आएको समेत केसीको भनाइ छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij