२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

८२ औं भेनिस फिल्म फेस्टिभल :उत्कृष्ट अभिनेत्रीको अवार्ड सिन झिलेईलाई

आइतवार , भाद्र २२, २०८२

  • 79
    Shares
  • 79
    Shares
  • काठमाडौं, २२ भदौ । चिनियाँ अभिनेत्री सिन झिलेईले शनिवार राति ८२ औं भेनिस फिल्म फेस्टिभलमा द सन राइजेस अन अस अलमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार हात पारेकी छन् ।

    चिनियाँ फिल्म निर्माता काई शाङजुनद्वारा निर्देशित चिनियाँ भाषामा री गुआ झोङ तियानको नामले चिनिने फिल्मले भाग्यमा अल्झिएका र मुक्ति पाउन नसक्ने पूर्व प्रेमीहरूको दुःखद् प्रेमकथा चित्रण गर्दछ ।

    सिनले प्रमुख भुमिका निभाएकी छिन् । यस वर्षको प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय निर्णायक मण्डलकी सदस्य चिनियाँ अभिनेत्री झाओ ताओले सिनलाई गोल्डेन लायन ट्रफी प्रदान गरिन् ।

    आफ्नो भाषणमा सिनले चिनियाँ अभिनेत्रीको रूपमा महोत्सवको मञ्चमा उभिन पाउँदा सम्मानित र गर्व दुवै महशुस गरेको व्यक्त गरिन् । भेनिस फिल्म फेस्टिभलको ८२ औं संस्करण अगस्ट २७ देखि सेप्टेम्बर ६ सम्म इटालियन लगुन शहरको लिडो टापुमा चलेको थियो ।

    जसमा २१ चलचित्रहरूले मुख्य प्रतिष्पर्धा गरेका थिए ।