२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

सिद्धार्थनगर–१ मा संयुक्त टोल सुधार समिति गठन

आइतवार , भाद्र २२, २०८२

  • 292
    Shares
  • 292
    Shares
  • भैरहवा, २२ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा संयुक्त टोल सुधार समिति गठन गरिएको छ । शनिबार बेलहियामा भएको भेलाले गीता थापाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा लक्ष्मी राना, सचिवमा जमुना पौडेल र कोषाध्यक्षमा कल्पना गुरुङ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा राधा गुरुङ, माया राना, दुर्गा गुरुङ, चन्दा राना, दुधमाया गुरुङ, ममता गुरुङ, रिमिता थापा, हिरामया पुन र कृष्ण गुरुङ रहनुभएको छ । मनकामना पथ, अन्नपूर्ण पथ, राधाकृष्ण पथ मिलेर उक्त टोल सुधार समिति गठन गरिएको हो ।

    गीता थापाको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलको प्रमुख आतिथ्यता, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष महेश थापाको विशिष्ट आतिथ्यता, समाजसेवी नर्जुन गुरुङ, राम बहादुर बस्नेत, राजु खड्का, धर्मराज गिरी, अनिल थापाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन जमुना पौडेलले गर्नुभएको थियो ।