
सोमवार , भाद्र २३, २०८२
काठमाडौं, २३ भदौ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको हो ।
घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।
उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाईएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij