
सोमवार , भाद्र २३, २०८२
काठमाण्डौं । जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १० जनाको मृत्यु भएको छ ।
काठमाण्डौंको बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १० जना प्रदर्शनकारको मृत्यु भएको हो । उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो ।
अस्पताल ल्याइएका ६ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गर्नुभयो । उहाँका अनुसार थप १० जनाको अबस्था गम्भीर रहेको छ । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,’ उहाँले भन्नुभयो, ’२० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ ।
त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
त्यस्तै काठमाडौँ मेडिकल कजेलमा १ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिनुभयाे।
सिभिलका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको बताउनुभयो ।
प्रदर्शनकारीलाई प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको छ । घाइतेको ट्रमा, सिभिल, एभरेस्ट लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij