२०८२, भाद्र २३ गते

Sep 08 2025 | २०८२, भाद्र २३ गते

भैरहवा र बुटवलमा कर्फ्यू

सोमवार , भाद्र २३, २०८२

  • 643
    Shares
  • 643
    Shares
  • भैरहवा, २३ भदौ । रुपन्देहीको बुटवल र भैरहवा विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरिएको छ ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले भदौ २३ गते सोमबार अपरान्ह ४ देखि राती १० बजेसम्म कफर्यु आदेश जारी गरिएको बताउनुभयो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम आदेश जारी गरिएको उहाँले जानकारी दिनुभयो ।

    कसैले आवातजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । 

    Suchana.jpg

    बुटवल क्षेत्र अन्तर्गत पूर्वमा पेट्रोल पम्प धागो कारखाना पुलसम्म, पश्चिममा बेलवास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म कफर्यु जारी गरिएको छ । त्यस्तै भैरहवा क्षेत्र अन्तर्गत पूर्वमा रोहिणी खोला पुलसम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेडिहवासम्म र बुटवल–बेलहिया सडकखण्डको दाँयाबाँया १ सय मिटरसम्म जारी गरिएको छ ।