२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा

मंगलवार , भाद्र २४, २०८२

  • 736
    Shares
  • 736
    Shares
  • भैरहवा, २४ भदौ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ २४ गते मंगलबार बिहान साढे ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । अर्को आदेश नभएसम्मको लागि रुपन्देही जिल्लाभर लागू हुने निषेधाज्ञा जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताउनुभयो । 

    रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुने परिस्थितिलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको उहाँले बताउनुभयो ।

    निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भइ अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको डा.पाण्डेले जानकारी दिनुभयो । उक्त अवधिमा यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।