२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

जेनजी समूहका जायज माग सम्बोधन गर्न मदिरा व्यवसासी संघ भैरहवाको माग

मंगलवार , भाद्र २४, २०८२

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, २४ भदौ । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले जेनजी समूहद्वारा राखिएका जायज मागहरु तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । संघले भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलन भएको भन्दै यसलाई पूर्ण समर्थन गरी ऐक्यवद्धता समेत जनाएको छ ।

    मंगलबार संघका अध्यक्ष बाबुराम पाण्डेले शोक विज्ञप्ती जारी गर्दै जेनजी समूहद्वारा भदौ २३ गते राज्य सञ्चालनप्रतिको विकृति तथा व्याप्त भ्रष्टाचारविरुद्ध आयोजना गरिएको शान्तिपूर्ण आन्दोलनका क्रममा घटेको दुःखद घटनाले सम्पूर्ण मदिरा व्यवसायीहरु स्तब्ध र मर्माहत भएको बताउनुभएको छ ।

    ‘नागरिकले आफ्नो माग र आवाज शान्तिपूर्ण आन्दोलनमार्फत व्यक्त गर्नु लोकतान्त्रिक समाजको संवैधानिक र नैसर्गिक अधिकार हो भन्ने दृढ विश्वासका साथ शान्तिपूर्ण आन्दोलनमा होमिएका किशोर–किशोरीहरुमाथि भएको अमानवीय व्यवहार र सरकारी दमनले मदिरा व्यवसायी लगायतका सम्पूर्ण देशप्रेमी नेपालीहरुलाई गहिरो पीडामा पारिदिएको छ, ’विज्ञप्तीमा भनिएको छ ।

    यस घटनाका क्रममा दिवंगत हुनुभएका साहसी योद्धाहरुको अमूल्य जीवनहरुप्रति गहिरो शोक प्रकट गरेको संघले जनाएको छ । ‘यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्ने प्रार्थना गर्दछौं, ’विज्ञप्तीमा उल्लेख छ ।