२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

‘सहयोगी भावनाले मात्रै स्वस्थ समाज निर्माण हुने’

शनिवार , बैशाख ४, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल, ४ वैशाख ।
    रोटरी क्लव अफ बुटवलको १३६० औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो । त्यस अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीका सल्लाहकार हेमानन्द शर्माले सामाजिक क्षेत्र आफ्नो रुचीको विषय भएको जानकारी गराउँदै सबैले सहयोगात्मक भावनाका साथ अगाडि बढ्ने हो भने स्वस्थ समाज निर्माण हुने बताए । समाजसेवा भन्दा ठूलो पवित्र काम अरु केही नभएको उल्लेख गर्दै उनले सामाजिक कार्यमा आफू विगतदेखि नै सक्रिय रहँदै आएको र यसलाई थप गति प्रदान गर्न आफू रोटरी जस्तो सामाजिक संस्थामा आबद्ध भएको बताए । 

    त्यस अवसरमा रोटरीयनहरु मणिरत्न पाण्डे, प्रा.डा. ताराप्रसाद उपाध्याय, खेमराज पुन र पुरन श्रेष्ठले विभिन्न जिज्ञासा राखेका थिए । 
    क्लबका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा एजी राजेन्द्र लम्सालले क्लबले अगाडि सारेका प्रोजेक्टको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै आम्दा अस्पताल बुटवलमा निर्माण गर्ने भनिएको अक्सिजन प्लान्ट स्वीकृत भएको बताए । बैठकमा क्लबका कोषाध्यक्ष खिमनारायण पराजुली, सचिव  रोम शर्मा, गोपाल बस्याल, मणिरत्न पाण्डे लगायतले पनि बोलेका थिए ।