२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

रुपन्देहीका सरकारी कार्यालयमा आगजनी तथा तोडफोड

मंगलवार , भाद्र २४, २०८२

  • 412
    Shares
  • 412
    Shares
  • भैरहवा, २४ भदौ । रुपन्देहीका विभिन्न सरकारी कार्यालयमा मंगलबार आगजनी तथा तोडफोड गरिएको छ । जिल्लाको सदरमुकाम भैरहवा तथा बुटवलमा रहेका विभिन्न सरकारी कार्यालयमा प्रदर्शनकारीले आगजनी तथा तोडफोड गरेका हुन् ।

    आगजनी तथा तोडफोडबाट जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देही जिल्ला अदालत, सिद्धार्थनगर नगरपालिका, बुटवल उपमहानगरपालिका, ईलाका प्रशासन कार्यालय बुटवल, आन्तरिक राजस्व कार्यालय बुटवल लगायत कार्यालयहरुमा क्षति भएको छ । त्यस्तै प्रदर्शनकारीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आगजनी गरेका छन् । 

    WhatsApp Image 2025-09-09 at 7.52.22 PM.jpeg

    प्रदर्शनकारीहरुले जनप्रतिनिधिका घरहरुमा पनि तोडफोड तथा आगजनी गरेका छन् । साथै उनीहरुले नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) का पार्टी कार्यालयमा पनि तोडफोड तथा आगजनी गरेका छन् ।

    भाटभटेनी सुपर मार्केट, बोधी होटल रेडसन, मौर्य होटल, ड्रिमल्याण्ड रिसोर्ट, ड्रिम इन्टरनेश्नल होटेल, टुलिप होटलमा पनि तोडफोड गरेका छन् । ‘जेनजी पुस्ता’ का आन्दोलनकारीलाई संयमित हुन आग्रह गरिएको छ ।