२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

जेन-जी आन्दोलनमा घाईते भएका ३५ जनाको निजामति कर्मचारी अस्पतालमा शल्यक्रिया

बुधवार , भाद्र २५, २०८२

  • 286
    Shares
  • 286
    Shares
  • काठमाडौं, २५ भदौ । बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा जेन जी आन्दोलनमा क्रममा घाईते भएका ३५ जनाको शल्यक्रिया गरिएको छ । 

    अस्पतालका प्रशासकिय अधिकृत रञ्जना नेपालका अनुसार अस्पतालमा आएका ४ सय ३६ जनामध्ये ४८ जनको भर्ना गरिएको थियो । सोमध्ये ३५ जनाको शल्यक्रिया गरिएको हो ।

    उहाँकाअनुसार उपचारको लागी ४४ जनालाई अन्य अस्पचालमा रिफर गरिएको छ । सामान्य उपचारपछि ३ सय ४४ जनालाई डिस्चार्ज गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।

    सोमवार ३ जना र मंगलवार ३ जना गरि ६ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृत्यु हुनेहरुको शव पोष्ट मार्टमको लागी टिचिङ अस्पताल महाराजगञ्ज पठाएको उहाँले बताउनु भयो । हाल अस्पतालमा बिरामी उपचार गर्न आवश्यक जनशक्ति र व्लड पर्याप्त रहेका पनि उहाँले जानकारी दिनुभयो ।

    उहाँले जेनजी आन्दोलनका क्रममा मंगलबार अस्पतालभित्र समेत असुरग्यासहरु प्रहार गरिएको जानकारी दिनुभयो । अश्रुग्यास प्रहारसंगै अस्पताल भित्र पसेर सुरक्षाकर्मीहरुले लाठी चार्ज गरेको उहाँले बताउनुभयो ।

    लाठी चार्जबाट एक जना चिकित्सक घाईते भएको उहाँको भनाई छ । आन्दोलनकारीहरुलाई अस्पतालभित्र छिर्न दिएको आरोपमा लाठी चार्ज भएको उहाँले बताउनु भयो ।