२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

रुपन्देहीमा बिहीबार बिहान ९ देखि बेलुका ७ बजेसम्म कफ्र्यु आदेश जारी

बिहिवार , भाद्र २६, २०८२

  • 685
    Shares
  • 685
    Shares
  • भैरहवा, २६ भदौ । रुपन्देहीमा भदौ २४ गते बेलुका ८ः३० बजेदेखि जारी भएको कफ्र्यु भदौ २६ गते बिहीबार बिहान ७ देखि ९ बजेसम्म खुल्ला गरिएको छ । 

    जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार (आज) बिहान ९ देखि बेलुकी ७ बजेसम्म रुपन्देही जिल्लाभर पुनः कफ्र्यु आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताउनुभयो । स्थानीय प्रशासन ऐन २०२८ को दफा २६ ‘क’ बमोजिम आदेश जारी गरिएको उहाँले जानकारी दिनुभयो । 

    कफ्र्यु अवधिभर आदेशको उल्लंघन गरी कसैले आवातजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानून अनुसार कडा भन्दा कडा कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

    रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी कफ्र्यु आदेश जारी गरिएको प्रजिअ डा.पाण्डेले जानकारी दिनुभयो ।

    Notice.jpg