
बिहिवार , भाद्र २६, २०८२
काठमाडौं, २६ भदौ । काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो । काठमाडौंको माईतीघर, कालीमाटी, नक्शाल, कमलपोखरी, सुन्धारा लगायतका स्थानहरुमा सेनाले गस्ती गरिरहेको छ ।
साथै सवारी साधनमा हिँड्नेहरुलाई चेकजाँच गरिरहेको छ । उनीहरुलाई सोधपुछ गरेर मात्रै आवश्यक कामका लागि जान दिएको छ भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गरेको छ ।
संविधानको रक्षार्थ वर्तमान संविधान पक्षधरहरुले आन्दोलन गर्ने समाचारहरु बाहिरिएसँगै सडकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलहरु खटिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij