२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

महावीर पुनको सुझाव: कुलमान घिसिङलाई प्रधानमन्त्री बनाउनुपर्छ

बिहिवार , भाद्र २६, २०८२

  • 493
    Shares
  • 493
    Shares
  • काठमाडौं, २६ भदौ । महावीर पुनले देशमा सुधार र पारदर्शी शासन व्यवस्था स्थापनाको लागि कुलमान घिसिङलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सुझाव दिएका छन् ।

    सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पुनले प्रमुख सेनापति र 'जेन–जी' आन्दोलनमा संलग्न सम्पूर्ण युवाहरूलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्।

    उनका अनुसार प्रधानमन्त्रीको काम भनेकै मन्त्रालयका मन्त्रीहरू र सचिवहरूलाई भ्रष्टाचाररहित रूपमा काम गर्न निर्देशन दिनु हो, जुन काम गर्न कुलमान घिसिङ सक्षम छन् भन्ने विश्वास जनाइएको छ। उनले घिसिङको इमानदार छवि र कार्यक्षमताको प्रशंसा गर्दै सुशासनको नेतृत्व गर्न सक्ने व्यक्ति ठहर गरेका छन्।

    त्यस्तै, पुनले सुशिला कार्कीलाई नयाँ संविधानको खाका बनाउने र भ्रष्टाचार निवारणसम्बन्धी कडा कानुन निर्माण गर्ने जिम्मा दिनुपर्ने पनि उल्लेख गरेका छन्।

    उनको भनाइ अनुसार, नयाँ पुस्ताले चाहेअनुसारको स्वच्छ र उत्तरदायी शासन निर्माणको मार्ग यस्ता निर्णयले मात्र खुल्नेछ।