
बिहिवार , भाद्र २६, २०८२
भैरहवा, २६ भदौ । रुपन्देहीमा भदौ २६ गते बिहीबार (आज) राती १० बजेदेखि भदौ २७ गते शुक्रबार (भोली) बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गरिएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कफ्र्यू आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताउनुभयो । रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी कफ्र्यू आदेश जारी गरिएको प्रजिअ डा.पाण्डेले जानकारी दिनुभयो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा २६ ‘क’ बमोजिम आदेश जारी गरिएको कफ्र्यू अवधिभर आदेशको उल्लंघन गरी कसैले आवातजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानून अनुसार कडा भन्दा कडा कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij