२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

इण्डोनेसियामा बाढीबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

शुक्रवार , भाद्र २७, २०८२

  • 412
    Shares
  • 412
    Shares
  • काठमाडाैं, २७ भदाै । इण्डोनेसियाको बाली टापु र पूर्वी नुसा तेङ्गारा प्रान्तमा केही दिनदेखि आएको बाढीले कम्तिमा १९ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

    राष्ट्रिय खोज तथा उद्धार एजेन्सीको बाली कार्यालयका प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीले बताएअनुसार अचानक आएको बाढीले टापुमा १३ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् ।

    धेरै क्षेत्रमा बाढी र १८ वटा पहिरो गएको पनि रिपोर्ट गरिएको छ । देशको मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिक एजेन्सीले मंगलवार र बुधवारको बीचमा बालीको केही भागमा १५० मिलिमिटरसम्म वर्षा भएको र हप्ताभरि भारी वर्षा जारी रहने चेतावनी दिएको छ ।

    पूर्वी नुसा तेङ्गारा प्रान्तमा बाढीले घर र खेतबारीमा क्षति पु¥याएको छ । प्रान्तीय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीको आपतकालीन एकाइका प्रमुख ग्यास्पर लोसा मनिसाले बाढीका कारण छ जनाको मृत्यु भएको र चार जना बेपत्ता भएको बताएका छन् ।