२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राष्ट्रिय युवा संघ तिलोत्तमाको वडा भेला

शनिवार , बैशाख ४, २०७८

तिलोत्तमा, ४ वैशाख ।
राष्ट्रिय युवा संघ तिलोत्तमाको वडा भेलाले २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । प्रेम कुमार केसीको अध्यक्षतामा गठित वडा कमिटीको उपाध्यक्षमा देवबहादुर गुरुङ्ग, सचिवमा निरज न्यौपाने, सह–सचिवमा खिमलाल भण्डारी (गोपाल), कोषाध्यक्षमा सुमन खरेल र सह–कोषाध्यक्षमा दिपक पौडेल रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा सन्दिप सेन, संसद सेन, सुनिल ढकाल, राजन पाण्डेय, लोकनाथ पाण्डेय, सन्देश नेपाल, प्रयास ज्ञवाली, सन्तोष क्षेत्री, अजय क्षेत्री, सुमन अर्याल र सन्दिप थापा रहेका छन् । 

भेलाको उदघाटन गर्दै नेकपा एमाले तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टीलाई अहिलेको अवस्थामा ल्याइ पुर्याउन युवा संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारले गरेका सकारात्मक कामलाई जनतामा लैजान र पार्टीविरोधी गतिविधि र भ्रमलाई चिर्न संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

संघका स्थायी कमिटी सदस्य एवं जिल्ला संयोजक मनोज गौचनले पार्टी नेतृत्वविरुद्ध गरिएको घेराबन्दी सफल नहुने भन्दै यसकाविरुद्ध सम्पूर्ण युवा जगत एकढिक्का भइ सामना गर्ने बताए ।

भेलामा संघका जिल्ला सह–संयोजक विकास गहतराज, जिल्ला कमिटी सदस्यहरु पप्पु गुरुङ्ग, पशुपति पाण्डेय, नेकपा एमाले वडा कमिटी सचिव दिवाकर भण्डारी, सुनिल पाण्डे, संघका वडा इञ्चार्ज आशिष गुरुङ्ग, निरज न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रम दिपेश कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।