२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

स्वतन्त्र न्यायीक आयोग गठन गरी दोषीउपर कारवाही गर्न रुपन्देही नागरिक समाजको अपील

शुक्रवार , भाद्र २७, २०८२

  • 685
    Shares
  • 685
    Shares
  • भैरहवा, २७ भदौ । रुपन्देही नागरिक समाज, रुपन्देहीले भदौ २३ गते जेन जेड समूहले भ्रष्टाचार र बेथितीविरूद्ध आव्हान गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । समाजले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा जीवन मरणसँग अस्पतालको शैयामा उपचार गराइरहनुभएका घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

    समाजले शुक्रबार विज्ञप्ती जारी गर्दै आन्दोलनको मौका छोपी विभिन्न आपराधिक समूहहरू घूसपैठ भइ गरेको सार्वजनिक सम्पत्तिमाथि तोडफोड तथा आगजनीप्रति घोर भत्र्सना गरेको छ । नयाँ बन्ने सरकारले स्वतन्त्र न्यायीक आयोग गठन गरी दोषीउपर कडा कारवाही गर्न समेत समाजले अपील गरेको छ । 

    ‘यो आन्दोलनले ऐतिहासिक सफलता हासिल गरेको छ, यसलाई आन्दोलनको उद्देश्य, भावना र मर्म) अनुसार सफल पार्न उर्जाशील युवाहरू (जेन जेड समूह) लाई गम्भीरताका साथ सोचविचार र सयंमित भइ सार्थक परिणाम निकाल्न समेत हार्दिक अपील गर्दछ, ’विज्ञप्तीमा भनिएको छ ।

    देशको सकारात्मक परिवर्तनको लागि यहाँसम्म ल्याइपुर्याउन जेन जेड समूहको अहम भूमिकाको प्रशंसा गर्दै यसमा सबै पक्षको साथ र सहयोग रहेको समाजको भनाइ छ ।

    ‘यो देश सबै पक्षको हो भन्ने यथार्थलाई हृदयङ्गम गरी आन्दोलनलाई सार्थकता दिन विशेष गरी अन्य पक्षका युवा शक्तिलाई पनि साथमा लिई अगाडि बढ्न समेत रुपन्देही नागरिक समाज हार्दिक अपिल गर्दछ । सकारात्मक परिवर्तनको लागि रूपन्देही नागरिक समाज सदैव तपाईहरूको साथमा रहनेछ । त्यस्तै अविलम्ब सरकार गठन गरी देशलाई अग्रगामी दिशातर्फ लैजान सबै पक्ष सयंमित हुन समेत अपील गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।