
शनिवार , भाद्र २८, २०८२
भैरहवा, २८ भदौ । चोरी तथा लुटपाट भएका सामानहरुको खरिद तथा सञ्चय गरेको पाइएमा प्रचलित कानून बमोजिम अनुसन्धान गरी कारवाही हुने रुपन्देही प्रहरीले जनाएको छ । भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, पसलहरु लगायतका संरचनाहरुमा आगजनी र तोडफोड गर्नुपूर्व त्यस्ता भवनहरुमा रहेका महत्वपूर्ण जिन्सी तथा नगद सामानहरु लुटपाट गरी लगी बजारमा त्यस्ता सामानहरुको खरिद नगर्न नगराउन प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिनहुन र त्यस्ता सामानहरु प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन हुन अनुरोध गरेको छ ।
‘यस्ता गतिविधिमा संलग्न समूहको सिसिटीभी फुटेज, तस्वीर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरु तपाईहरुसँग छ भने कृपया हामीलाई [email protected] मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं । तपाईहरुको गोपनीयता कायम रहनेछ, ’विज्ञप्तीमा भनिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij