२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

अर्घाखाँचीमा चट्याङ लागेर ९ वर्षिय बालकको मृत्यु

शनिवार , बैशाख ४, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • वैशाख ०४, अर्घाखाँची। असिना र हावाहुरीसंगै परेको चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ।

    जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ का भरत चौहानका ९ वर्षिय छोरा सौरभ चौहानको चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष शेभाखर खनालले जानकारी दिए।

    आँगनमा असिना खेलाईरहेका चौहानलाई एक्कासी चट्याङले हानेपछि उनी बेहोश भएको र जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।