
आइतवार , भाद्र २९, २०८२
काठमाडाैं, २९ भदौ । अष्ट्रेलियाको वसन्त ऋतुको सबैभन्दा ठूलो उत्सव फ्लोरिएड शनिवार राष्ट्रिय राजधानी क्यानबेरामा शुरु भएको छ ।
३८ औं वार्षिक संस्करणको रुपमा शनिवारबाट शुरु भएको हो । महिनाभरि चल्ने यो महोत्सव आधिकारिक रूपमा मध्य क्यानबेराको कमनवेल्थ पार्कमा शुरु भयो ।
अक्टोबर १२ मा समाप्त हुनुअघि अष्ट्रेलियाली राजधानी क्षेत्रको स्थानीय अर्थतन्त्रमा ६ करोड अष्ट्रेलियाली डलर (३ करोड ९८ लाख अमेरिकी डलर) भन्दा बढी योगदान गर्ने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij