
आइतवार , भाद्र २९, २०८२
काठमाडाैं, २९ भदौ । निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको छ ।
काठमाडौं उपत्यकामा अहिले सार्वजनिक सवारी साधनहरु सञ्चालन हुन थालेका छन् । केही सार्वजनिक यातायातहरु शनिवारबाटै सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालन हुन सकेका थिएनन् ।
चक्रपथ क्षेत्रमा मात्रै सार्वजनिक यातायातहरु सञ्चालन भएकोमा आईतवारबाट भने चक्रपथसहित भित्रि सडक र उपत्यका बाहिर पनि सार्वजनिक यातायात सञ्चालन हुन थालेका छन् ।
जसले आम सर्वसाधारणलाई यातायातको सहजता भएको छ । यात्रा गर्न समस्या भइरहेको बेलामा सार्वजनिक यातायातहरु सञ्चालनमा आएसँगै आम नागरिकहरुले सहजता महशुस गर्न थालेका छन् ।
सार्वजनिक यातायातसँगै होटल, किराना पसल, सरकारी कार्यालयहरु सञ्चालनमा हुँदै गइरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij